बिर्तामोड ,साउन १७ । बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयको आव्हानमा आज बिर्ताबजारमा निशुल्क मास्क वितरण गरिएको छ ।

सामाजिक अभियन्ता रामेश्वर मण्डलको सहयोगमा ६०० वटा मास्क निशुल्क वितरण गरिएको हो । प्रहरी चौकी बिर्ताबजारका इन्चार्ज जानुका चौहानको उपस्थितिमा जनचेतनासहित निशुल्क मास्क वितरण गरिएको मण्डलले बताए । उनले भोलि पनि मास्क वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । शिक्षित एवं सचेत देखिने ब्यक्तिहरुले नै मास्क नलगाएको उनले बताए । ‘ मास्क नलगाउने बढी शिक्षित र सचेत व्यक्ति नै पाइयो ’ मण्डलले भने, ‘ त्यस्ता ब्यक्तिहरु बुझेर पनि अबुझ बनेका छन् ।’ यसअघि उनले लकडाउनका कारण भोकमरीमा पर्न लागेका ब्यक्तिलाई लक्षित गरी सामूहिक खाना खुवाउने कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्