बिर्तामोड , साउन १८ । साना निर्माणकर्मी संघ झापाको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाको बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरे । उनले साना निर्माणकर्मीहरुले जोखिमको काम गर्नु पर्ने भएकाले सबैलाई अनिवार्य वीमा गर्न आग्रह गरे । वडाध्यक्ष संग्रौलाले आफ्नो तर्फबाट साना निर्माणकर्मी संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । संस्थाका उपाध्यक्ष केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर टि एन चौलागाईले संस्थालाई पूर्ण सफलताको शुभकामना दिए । संस्थाका अध्यक्ष राजु राजवंशी अचानक अस्वस्थ्य बनेपछि कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष केदार राजवंशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले बिर्तामोड नगरपालिका ३ बस्ने २५ वर्षिय महमद जाफरी आलमलाई ३३ हजार ८७५ र साविक अनारमनी १ बस्ने ५२ वर्षिया नुनी मुर्मूलाई ७ लाख रुपैयाँ वीमा दिलाएको , करिव एक वर्षमा ३५ जनाको वीमा शुल्क ७५ हजार ९७० रुपैयाँ तिरेको , आप्रवासी निर्माणकर्मीहरुले अवैधानिक रुपमा काम गरिरहेकाले त्यसलाई रोक्नु पर्ने मागसहित बिर्तामोड , अर्जुनधारा , कनकाई , मेचीनगर , भद्रपुर लगायतका नगरपालिकाहरुमा डेलिगेसन गएको, व्यावसायिक कार्ड नवीकरणका लागि बिर्तामोड नगरपालिका कार्यालय डेलिगेशन गएको, आन्तरिक राजश्व कार्यालयमा गई संस्थालाई पानमा दर्ता गराएको, स्मार्ट कार्ड बनाएर ११२ जनालाई परिचयपत्र वितरण गरेको, १९८ जनाको वीमा गरेकोलगायतका संस्थाले गरेको गतिविधिबारे जानकारी दिएका थिए । त्यस्तै उनले ७ लाख ३३ हजार ७३३ रुपैयाँको आयव्ययसहितको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । साधारणसभाको बन्दसत्रले रिक्त रहेको सचिव पदमा रंजन शाहलाई मनोनयन गरेको छ । श्याम बस्नेतले पदबाट राजीनामा दिएपछि सचिव पद रिक्त रहेको थियो । मणि खुदाङले स्वागत गरेको कार्यक्रमको संचालन कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्