झापा ,साउन १९ । ठगी मुद्धामा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक सुरुङ्गा ५ र हाल कनकाई नगरपालिका २ बस्ने ६८ वर्षिय हरिभक्त संग्रौला रहेका छन् । उनलाई तेह्रथुमको छोतेढुंगाबाट पक्राउ गरी अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठगी मुद्धामा पक्राउ परेका संग्रौलाले यसअघि एक वर्ष नौ महिना पन्ध्र दिन कैद भुक्तान गरिसकेका थिए । तल्लो तहको अदालतको फैसलाअनुसार त्यति कैद भुक्तान गरी छुटेका संग्रौलालाई सर्वोच्च अदालतले २०७३ चैत ७ गते ३ वर्षको कैद सजाय सुनाएको थियो । तर, त्यसयता उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको समन्वयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । थापाका अनुसार बाँकी कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्