झापा , साउन १९ । झापा गाउँपालिकामा रहेको सेन्ट जेभियर्स स्कुल र लोयला स्कुलले संयुक्तरुपमा २५ लाख वरावरको राहत वितरण गरेका छन् ।

नेपाल जेसुइट संस्थाद्वारा संचालित झापा गाउँपालिका वडा नं २ मा रहेको सेन्ट जेभियर्स र वडा न ३ मा रहेको लोयला स्कुलले संयुक्त रुपमा १ हजार परिवारलाई राहत वितरण गरेका हुन् ।
अन्तर्राष्ट्रिय संस्था सिडिएसएसको सहयोगमा सेन्ट जेभियर्स र लोयला स्कुलले एक कार्यक्रम गरी झापा गाउँपालिकाका अति विपन्न एक हजार परिवारलाई खाद्य सामग्री वितरण गरेका हुन् । दुवै स्कुलले एक दिनमा एक सय परिवारका दरले राहत वितरण गरेका थिए । राहत लिन आउँदा सामाजिक दुरी कायम गर्नु पर्ने र अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम वनाएका थिए ।
राहत सामग्रीमा २५ केजी चामल , २ केजी दाल, २ केजी नुन , २ लिटर तेल , सावुन,हर्लिक्स, भिटामिन क्याप्सुल , ग्लुकोज, मेडिसिन लगायत रहेको फादर पिटर क्षेत्री र प्रिन्सिपल फादर विजय टप्पोले जानकारी दिएका छन् ।
सेन्ट जेभियर्स स्कुल सडकवाडीले पहिला पनि कोभिड १९ को महामारी वेलामा वैशाख १४ गते एक सय परिवारलाई राहत सामग्री वितरण गरेको थियो । झापा गाउँपालिकामा रहेको सेन्ट जेभियर्स स्कुल र लोयला स्कुलले अतिविपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्