झापा, साउन ३१ । झापाको अर्जुनधारा नगरपालिका– १ सिस्नेमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस समुदायमा फैलिएको आशंकाले समुदायमा कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले बताए ।
अर्जुनधारा स्वास्थ्य शाखाले सोमबार अर्जुनधारा –१ नम्बर वडाका ७१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । ७१ जना सबैको आज बुधबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार संक्रमित पुष्टि भएका व्यक्तिको परिवारको रिपोर्ट पनि नेगेटिभ आएको छ । अन्य वडामा पनि कन्ट्याक ट्रेसिङ गर्ने कार्य गरिएको छ । बुधबार मात्र १२७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा २५ जना क्वारेन्टाइनमा रहेका व्यक्ति छन् ।
नगर स्वास्थ्य शाखाले अर्जुनधारा ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङ गरिएपछि स्वाब संकलन गरिएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्