विराटनगर , साउन २४ । विराटनगरमा शुक्रबार राति आएको स्वाब परिक्षण रिपोर्टमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो बिराटनगरमा ३३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा साँझ दुई पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।
शुक्रबार एकैदिन ५५ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । उनीहरुमध्ये ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शुक्रबार बेलुका थप २२ जना संक्रमित थपिएका हुन ।
शुक्रबार महानगरको २ सय बढीको स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेमा पत्रकारहरु सञ्जिव खनाल र कमल रिमालसहित विराटनगर २ का ४ जना, विराटनगर ३ का १ जना, विराटनगर ५ का १ जना, विराटनगर ६ का २ जना, विराटनगर ७ का ३ जना, बिराटनगर ८ का १ जना, बिराटनगर १० का १ जना, विराटनगर ११ का १ जना, विराटनगर १३ का ४ जना र विराटनगर १४ का १ जना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्