शिवसताक्षी , साउन २४ । कोरोना भाईरसको संभावित जोखिमका कारण झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्यटकको आवतजावतमा रोक लगाइएको छ ।

बिर्तामोडमा समुदायमा कोरोना संक्रमण फैलिसकेको अबस्थामा बिर्तामोड क्षेत्रका धेरै मानिसहरु गर्मी छल्न दोमुखा जान थालेपछि १५ दिनका लागि सो क्षेत्र बन्द गरिएको हो । नगरस्तरीय कोरोना महामारी रोकथाम समन्वय समितिको बैठक बसेर १५ दिनका लागि दोमुखामा पर्यटकहरुलाई आवतजावत गर्न बन्द गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताईन् । उनले बाहिरबाट पर्यटकलाई आउन रोकेको बताउँदै दोमुखालाई सिल नगरिएको स्पष्ट पारिन् । समुदायमा कोरोना संक्रमण फैलिन नदिन शिवसताक्षी नगरपालिकाभित्रका हाटबजार पनि दुई साताका लागि बन्द गरिएको छ । नगरभित्र १० भन्दाबढी हाटबजार लाग्ने गरेको छ । गर्मीका कारण दोमुखा आउने सर्वसाधारणको संख्या दिनहुँ बढेपछि बाध्य भएर दोमुखा क्षेत्र बन्द गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्