बिर्तामोड , साउन २५ । बिर्तामोड नगरपालिकाले लकडाउन हटाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको निर्णयअनुसार बिर्तामोडलाई सुरक्षित र जोखिममुक्त राख्नका लागि गत साउन १८ गते राति १२ बजेदेखि लागू गरिएको लकडाउन आज राति १२ बजेदेखि खुल्ला गरिएको हो । नगर प्रमुख धु्रवकुमार शिवाकोटीले आज एक अपिल जारी गरी लकडाउन खुल्ला गरिएको जनाएका हुन् । बिर्तामोडमा आजसम्ममा २२ सय ४३ को पिसिआर परीक्षण गरिएको, जसमा १५ सय ४ जनाको रिपोर्ट आएकोमा १० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि छ । जसमध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । ७ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । लकडाउनको अवधिमा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदैं बिशेषगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, औषधि ब्यवसायी, बैक तथा बित्तीय संस्थाका कर्मचारी र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आइ जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिंग गरिएको नगर प्रमुख शिवाकोटीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्