झापा ,साउन २५ । झापा गाउँपालिका ३ बस्ने ३५ वर्षिय नत्थु बिश्वकर्मालाई हत्या गर्ने मेचीनगर नगरपालिका ५ बस्ने बौदल लामगादे भन्ने पुण्यप्रसाद बिश्वकर्मा जेल चलान भएका छन् ।

२०६३ चैत २४ गते हत्या गरी फरार रहेका पुण्यप्रसाद १४ वर्षपछि गत असार ३० गते पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले मेचीनगर ८ स्थित ईटाभट्टा चौकमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको थियो । नातामा ससुरा पर्ने झापा गाउँपालिका वडा नं. ३ का नन्दुलाल विश्वकर्माको घरमा गएका पुण्यप्रसादले नत्थु विश्वकर्माको साईकल कामाटोली बजारबाट नसोधी ल्याएको बिषयमा विवाद भएको थियो । ससुराली घर गएको बेला रक्सीले मातेका पुण्यप्रसादले कुटपिट गर्दा नत्थु घाईते भएका थिए ।उनलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । घटनापश्चात पुण्यप्रसाद फरार भएका थिए । उनलाई जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्