बुद्धशान्ति, साउन २९ । कोरोना संक्रमण देखिएका आम्दा मेची अस्पताल धुलाबारीका चिकित्सकले समुदायमा गएर भेटघाट गर्दा संक्रमण फैलिन सक्ने जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउन घोषणा गरेको छ ।

आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गाउँपालिकाले गरेको हो । आम्दा मेची अस्पतालका चिकित्सक संक्रमण देखिनु अगावै बुद्धशान्तिको शान्तिनगरलगायतका ठाउँ गएका थिए ।त्यसक्रममा उनले धेरैजनालाई भेटेका थिए । बुद्धशान्तिका स्वास्थ्यकर्मी , सहकारीकर्मीलगायतलाई भेटेका उनले त्यहाँ गएर खाना खाएको ट्राभल हिस्ट्रीले देखाएको छ । गाउँपालिकाको ७ वटै वडामा कडाइका साथ लकडाउन कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले चिकित्सक पुगेको सहकारी संस्था बन्द गरिएको जानकारी दिए । छिमेकी पालिकाको समुदायमा कोरोना संक्रमण बढेपछि बुद्धशान्ति गाउँपालिकाले पनि सात दिनका लागि लकडाउन गरेको हो । समुदायमा संक्रमण फैलिएपछि यसअघि बुधबार रातिदेखि मेचीनगर नगरपालिकाले लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्