धरान, साउन ३१ । धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ७१ पुगेको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तीमध्ये ५ जना भारतीय आर्मीका हुन् भने १ जना साउदी अरबबाट फर्किएका हुन् । त्यसबाहेक धरान १६ का २३ बर्षीय एक युवामा संक्रमण पुष्टि भएको हो । भारतीय आर्मीमध्ये ४ जना एन्फा क्वारेन्टाइन र १ जना होटल क्वारेन्टाइनमा बसेका थिए ।
हाल एन्फा क्वारेन्टाइनमा धरान १३ का १ जना भारतीय आर्मी र साउदीबाट आएका धरान १ का युवा मात्र छन् । अर्का, धरान ११ का एक जना भारतीय आर्मी होटलमा नै बसिरहेका छन् । अरु ३ जना भारतीय आर्मीहरु घर गएका छन् । उनीहरु घरमा होम क्वारेन्टाइनमा गएर बस्ने गरी सम्झाएर पठाएको मेहताले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्