झापा, साउन ३१ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष झण्डै दुई अर्ब रुपैयाँ बराबरको धान खरिद गर्न लागेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो ।
कम्पनीले यो वर्ष एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपैयाँ बराबरको ६० हजार मेट्रिक टन धान खरिद गर्न लागेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मोटा र मध्यमन धान समर्थन मूल्यअनुसार धान खरिद गर्ने र अन्य धान बजार मूल्य अनुसार खरिद गर्ने कम्पनीले जानकारी दिए ।

समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको छ । मोटा र मसिना धान सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार कम्पनीले धान खरिद गर्ने छ । अन्य धान भने कम्पनीले बजार मूल्यअनुसार नै धान खरिद गर्ने छ । सहुलियत बजारमा खाद्यान्न वितरण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खरिद खरिद गदै आएको छ । व्यापारीले बढी मूल्य लिई कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानबाट धान खरिद गर्ने छ । कम्पनीले धान कुटाएर चामल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्