दमक साउन ३१ । दमक नगरपालिकाले आइतबारदेखि दमक बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । शनिबार नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षयतामा बसेको बैठकले आइतबार (३२ गते) देखि शनिबार (६ गते)सम्म दमक पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
औषधी पसल खुल्ला रहने जनाइएको छ । दुध डेरी भने विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला हुनेछन् । नगरपालिकाले खाद्य साथै तरकारी पसल, बैंक, वित्तिय संघसंस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार विहान उद्योग वाणिज्य संघ दमकले पनि बजार बन्द गर्ने निर्णय गरेको अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । “पछिल्लो समय दमकमा कोरोना जोखिम बढ्दो छ” अध्यक्ष श्रेष्ठले भने, “आफू पनि बाचौँ र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो ।” अर्को सूचना नआउनजेलसम्म बजार बन्द गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्