बिर्तामोड ,साउन ३१ । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले १७६ जनामा मास टेष्टिङ गरेको थियो । आज त्यसको रिपोर्ट आएको र बिराटनगर स्थायी ठेगाना भएका ती कर्मचारीलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।विराटनगरबाट बिर्तामोड आएका बेला ती कर्मचारीको स्वाब संकलन गरिएको र रिपोर्ट पाजिटिभ देखिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले पुष्टि गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्