दमक ,साउन ३२ । दमक नगरपालिकाले आजदेखि लकडाउन घोषणा गरेको छ ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि मानिसहरुको हिडडुलमा रोक लगाएर जोखिम कम गर्न नगरपालिकाले आजदेखि दमकमा पूर्णरुपमा लकडाउन गरेको हो । नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, औषधिलगायतका अत्यावश्यक पसल खुला राख्ने निर्णय गर्दै त्यसबाहेक सबै किसिमको सेवा बन्द गरेको छ । लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षाकर्मीसहित सरकारी अधिकारीहरु निस्केका छन । दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चियादोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारी साधन चलिरहेका छन् । दमकमा हालसम्म २१ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १४ जना उपचारपछि घर फर्किसकेको नगरपालिकाकी प्रबक्ता गीता अधिकारीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्