झापा ,साउन ३२ । प्रदेश १ मा आज १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये ३४ महिला र ६९ पुरुष छन् । सबैभन्दा बढी मोरङ जिल्लामा ९२ जना संक्रमित पुष्टि भएको छ । यस्तै, खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्