बिर्तामोड, साउन ३२ । झापाको बिर्तामोड नगरपालिका –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नगरपालिका– २ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण भएको छ ।
सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई वटै सहकारीको उद्देश्य एउटै भएका कारण दुई सहकारीबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतको अध्यक्षतामा भएको दुवै सहकारीको संयुक्त बैठकले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृतिका लागि बैठकले गरेको सर्वसम्मत निर्णयको प्रतिलिपी पठाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्