झापा, भदौ २ । सुत्केरी हुन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएकी गर्भवतीसहित तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको प्रसूति विभागमा सुत्केरी गराउन आएकी धुनुषाकी –२९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

प्रतिष्ठानको प्रसूति विभागमा पाठेघरको शल्यक्रिया गर्न भर्ना आएकी अर्की ३५ वर्षीया महिला र शिशु वार्डकी स्टाफ नर्सलाई समेत कोरोना पुष्टि भएको डा. सापकोटाले बताए । प्रतिष्ठानको शिशु वार्डमा कार्यरत नर्सको भने कन्ट्रयाक ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिएको थियो । यस अगाडि प्रतिष्ठानमा कार्यरत ६ नर्स र २ डाक्टरमा कोरोना पुष्टि भएको थियो । गर्भवतीसहित तीनैजनालाई उपचारका लागि मंगलबार कोभिड अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्