दमक, भदौ २ । लगातार कोरोना संक्रमण बढ्दै गएको दमकमा आज फेरि ७ जना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा एकजना समुदायका रहेका छन् । अन्य होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरु छन् । ट्राभल हिष्ट्री नभएका दमक ५ का पुरुषमा संक्रमण देखिएको हो । उनी केर्खाका एक ब्यक्तिको मलामी गएको र त्यहीबाट संक्रमण सरको हुनसक्ने आशंका गरिएको छ । त्यस्तै वडा नं ३ का दुईजना , होटल क्वारेन्टाइनमा बसेका ३ जना , वडा नं ५ का एकजनालाई संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । उनले साउन ३० गते १०७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा ७ जनामा संक्रमण देखिएको जानकारी दिए । यसअघि हिजो दमकमा ६ र अस्ति ७ जनामा संक्रमण देखिएको थियो । समुदायमा संक्रमण फैलिसकेपछि दमकमा आइतबारदेखि एक साताको लागि लकडाउन लगाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्