झापा , भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकविको उनकै निवासमा मंगलबार साँझ ५ . ५५ बजे निधन भएको हो।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूणर् योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।
१९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान रुपमा घिमिरेको जन्म भएको थियो । घिमिरेकी कान्छी पत्नी महाकालीको ८६ वर्षकी छन् ।
घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले ‘गौरी’ शोककाव्य लेखेका थिए । उनको यो शोककाव्य लोकप्रिय कृतिमा पर्छ । उनका अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् ।
मिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्