बिर्तामोड, भदौ २ । दुई पांग्रे र तीन पांग्रे सवारी साधनका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले झापाको बिर्तामोडमा टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेको छ।

टिभिएसको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको लागि आधिकारिक बिक्रेता पाथीभरा अटोलिंक बिर्तामोडबाट टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेको हो ।
पाथीभरा अटोलिंकका सञ्चालक विपिन बस्नेतको अध्यक्षता तथा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेल , मारवाडी युवा मञ्चका अध्यक्ष पंकज मित्तल ,पूर्व अध्यक्ष दिपक मित्तल लगायतले टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेका थिए ।
उनीहरुले टिभिएस अपाचे २०० ४भी मोटरसाइकल झापाली सडकहरुका लागि सुहाउँदो भएकाले युवापुस्ता माझ लोकप्रिय हुने वताएका थिए ।
कार्यक्रममा जगदम्बा मोटर्सका रिजनल म्यानेजर अमृतकुमार चौहानले टिभिएस अपाचे २०० ४भी मोटरसाइकल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेकाले ग्राहकहरूमाझ लोकप्रिय बन्ने बताए । टिभिएस अपाचे २०० ४भी मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कलर एसएमएस अलर्टलगायतका स्मार्ट फिचर्सहरु रहेकाले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकलभन्दा सुविधायुक्त रहेको उनले बताए । यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए । कार्यक्रममा जगदम्बा मोटर्सका रिजनल अफिसर तीर्थ रिजाल , नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल इलाका कमिटी बिर्तामोडका संस्थापक अध्यक्ष दिपेश वस्नेतलगायतको सहभागिता रहेको थियो ।
पाथीभरा अटोलिंकका सञ्चालक याम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन पाथीभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्