झापा, भदौ २ । सामाजिक कार्यमा क्रियाशील युवाहरुको संगठन रोटरी क्लव अफ भद्रपुरले आज झापाको पूर्व दक्षिणी क्षेत्रमा मास्क वितरण गरेको छ ।

कोरोना भाइरसको न्यूनीकरणमा प्रभावकारी उपायको रुपमा रहेको मास्क प्रयोगलाइ सर्वसाधारणको सहज पँहुच र प्रयोग गर्ने बानीको बिकास गराउने उद्धेश्यले रोटरी भद्रपुरले बनियानी, हिमाली, सोमवारे, सगरमाथा र ज्ञाने चौकमा दुई हजार मेडिकियर मास्क वितरण गरेको हो ।
रोटरी क्लब अफ भद्रपुरका प्रसिडेन्ट आदित्य पराजुलीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रमपछि सो ठाउँमा पुगेर मास्क वितरण गरिएको रोटरी भद्रपुरका सेक्रेटरी इश्वर अधिकारीले जानकारी दिए । कार्यक्रममा पाष्ट प्रेसिडेन्टद्वय दिपेश ढकाल, टिकाराज ढकाल, भाइस प्रेसिडेन्ट डाक्टर नवराज कोइराला, चार्टर प्रेसिडेन्ट किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट विगत ओझा, रोटरी फाउन्डेसन चेयर विनोद चापागाई, बावुराम पराजुली, टे«जरर पवन श्रेष्ठ, क्लव डाइरेक्टर कविन राई, प्रकाश श्रेष्ठ, रमेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
रोटरीले यसअघि पनि कोरोनाविरुद्ध जनचेतना जगाउन भद्रपुर र चन्द्रगढीमा मास्क वितरण गरेको थियो । कार्यक्रमको सहजीकरण रोट्याक क्लव अफ भद्रपुरले गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्