एजेन्सी । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटालाई विद्रोही सैनिकहरुले गिरफ्तार गरेका छन् ।

त्यसको पुष्टि माली सरकारका एक प्रवक्ताले गरेका छन् । मालीका राष्ट्रपतिसँगै सैनिकहरुले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि आफ्नो हिरासतमा लिएका छन् । सेनाको त्यो विद्रोहको शुरुआत मंगलवार मालीको राजधानी बामाको नजिक एक महत्वपूर्ण सैनिक क्याम्पबाट भएको थियो ।बामाकोदेखि १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट जुनियर अधिकारीहरुले कमान्डरलाई हिरासतमा लिएर क्याम्पमाथि कब्जा जमाएका थिए ।
त्यसपछि युवाहरुले शहरको सरकारी भवनमा आगजनी गरेका थिए । मालीका राष्ट्रपतिको राजीनामाको माग गर्दै मालीमा विरोध प्रदर्शन पनि जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्