दमक, भदौ ३ ।करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर झापाको कमल गाउँपालिकामा एक जना युवकको ज्यान गएको छ ।

कमल गाउँपालिका वडा नम्बर २ स्थित देवीझोडा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २२ बर्षिय बिशाल रिजालको हिजो ज्यान गएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा रिजाललाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते बनेका रिजाललाई उपचारको लागि दमकस्थित लाईफलाईन अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए । घटनाका बारे प्रहरीले अनुसन्धान शुरु गरेको समेत उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्