गौरीगञ्ज , भदौ ४ । समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको झापाको गौरीगञ्ज गाउँपालिकामा निषेधाज्ञा लगाइने भएको छ ।

गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो । समुदायका ब्यक्तिमा संक्रमण देखिएपछि ती संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापासँग निषेधाज्ञाको माग गरिएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । सम्भावित संक्रमण फैलिएको आशंका गरिएको गौरीगञ्जमा निशेधाज्ञा आदेशको माग भईआएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनले शुक्रबार बिहान बैठक बसी निशेधाज्ञाको निर्णय गरिने जानकारी दिए । आइतबार ५८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउँदा एकजनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए । संक्रमित ब्यक्तिको गौरीगञ्ज बजारमा रुवि डिपार्टमेन्ट स्टोर रहेको छ । त्यस क्षेत्रकै ठूलो डिपार्टमेन्ट स्टोरमा १० भन्दा बढी कामदार कार्यरत छन् । संक्रमित ब्यक्तिसँग ३०० जना जतिको सम्पर्क भएको हुनसक्ने आशंकामा गरिएको छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाले भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । साउन २९ गतेदेखि बिहीबार राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउनको समयावधि थप गरिएको हो ।
बिहीवार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । साउन २७ गते बुद्धशान्तिमा ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरी पठाइएकोमा ८० जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।त्यसमध्ये जीवन विकास लघु वित्त संस्थामा काम गर्ने कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्