एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट संक्रमित भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको अबस्था गंभीर बनेको छ ।

अस्पतालका तर्फबाट जारी प्रेस बिज्ञप्तिमा उनको हालत अत्यन्त नाजुक बनेको जनाइएको छ । उनलाई भेन्टिलेटर र ईसीएमओमा राखिएको छ । चेन्नईको एमजीएम हेल्थकेयरमा उनको उपचार भइरहेको हो । चिकित्सकको टीम देशविदेशसम्म बिशेषज्ञसँग सम्पर्कमा रहेको छ । बालासुब्रमण्यमको स्वास्थ्य स्थिति नाजुक भएको खबरले बलिउड, साउथ र म्यूजिक इन्डस्ट्रीमा हलचल मच्चिएको छ । कोरोना भाइरसले संक्रमित उनी ६ अगस्तदेखि अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्