झापा, भदौ ६ । गत बुधबार बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कमल गाउँपालिका –३का ८३ बर्षिय वृद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको शनिबार विएण्डसी हस्पिटलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


“कोरोनाको आशंकामा हामीले पाँच जना बिरामीलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेका थियौँ” विएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भने, “एक जना बिरामीमा कोरोना संक्रमण देखापरेसँगै, उपचारमा संलग्न १३ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरेका थियौँ, शुक्रबार नै सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।” विएण्डसीले कोरोना आशंका गरिएका बिरामीको उपचारका लागि बेग्लै आइसोलेशन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्था गरेको जनाएको छ ।
विएण्डसी हस्पिटलले कोरोना महामारीको समयमा पनि गुणस्तरीय सेवा प्रदान गरेको हस्पिटल सञ्चालक दुर्गा प्रसाईँले बताए । हस्पिटल कुनै पनि अवस्थामा बन्द नहुने बताएका प्रसाईँले जुनसुकै रोगको उपचार विएडसीले गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्