एजेन्सी । झारखण्डका कृषि मन्त्री बादल पत्रलेखलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

उनको मन्त्रिमण्डलका सदस्य र राज्यका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमित भएपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
झारखण्डमा हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिमण्डलमा तेस्रो मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री कार्यालयको आदेशपछि बाँकी मन्त्रीहरु होम क्वारेन्टाइनमा रहेका छन् । मुख्यमन्त्री समेत केही मन्त्रीहरुको परीक्षण गराउन अझै बाँकी छ । मुख्यमन्त्रीको परीक्षण भोलि गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्