गौरादह , भदौ ७ । गौरादह नगरपालिकामा विद्युत प्राधिकरणका कर्मचारीसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गौरादहमा निषेधाज्ञा गर्ने निणर्य भएको छ ।

गौरादह नगरपालिकामा आज सर्वपक्षिय बैठकले गौरादहमा भोलि भाद्र ८ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य भएको हो । बैठकले अत्यावश्यक कार्यबाहेक विहान ६ देखि ९ बजेसम्म तरकारी र खाद्यान्न पसल तथा वैंक वित्तिय संस्थाहरू विहान १० बजेदेखि १ बजेसम्म खुल्ला राख्ने निणर्य गरेको छ ।गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार साहको अध्यक्षतामा बसेको बैठकले गौरादहमा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुरोध गर्ने निणर्य भएको गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत खेम ओझाले बताए ।
गौरादह नगरपालिका वडा नं ९ घर भएका २१ वर्षिय पुरूष र गौरादहको विद्युत प्राधिकरणका २९ बर्षिय पुरूष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टि भएका विद्युत कार्यालयका कर्मचारीको घर कचनकवल भएपनि गौरादह ३ मा डेरामा बस्दै आएको जनाइएको छ ।
यस्तै क्वारेन्टाइन बसी संक्रमण पुष्टि भएका व्यक्ति भने आसाम घर भई धरान उपचारका लागि गौरादह वडा नं ९ आफन्तकोमा बस्दै आएको खुलेको छ । यहि साउन २८ गते गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र कन्टयाक्ट ट्रेसिङको आधारमा समुदायका गरी १८ महिला र ९४ पुरुष गरी १ सय १२ जनाको स्वाब संकलन गरी मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
संक्रमण पुष्टि भएका विद्युतका कर्मचारीलाई भने बिजुली अफिसको आइसोलेसन विराटनगर पठाएको र क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्तिलाई भने गौरादह ७ जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिए ।
गौरादहमा आज थप २ जनासँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ पुरुष र ५ महिला गरी १९ पुगेको छ । जसमा १७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्