गौरीगञ्ज , भदौ १० । झापाको गौरीगञ्ज गाउँपालिकामा कोरोना संक्रमित ब्यक्तिको परिवारमा संक्रमण फैलिएको छ ।

गौरीगञ्ज ६ का ३० वर्षिय व्यवसायीलाई गत मंगलबार संक्रमण पुष्टि भएको थियोे । तिनै संक्रमित ब्यक्तिकी ५५ वर्षिया आमालाई आज संक्रमण देखिएको हो ।ती संक्रमित व्यवसायी भने निको भएर घर फर्किसकेका छन् । ती व्यवसायीको सम्पर्कमा आएका ७४ जनाको कन्ट्याक्ट ट्रेसिङको रिपोर्टमा एकजनाको पोजिटिभ आएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । उनले २१७ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्