बिर्तामोड , भदौ १० । प्रहरीको गोली लागेर झापा गाउँपालिका ३ कामाटोलीका अन्दाजी ३८ बर्षिय रसिकुल आलमको मृत्यु भएको छ ।

आलमको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनको ढाडमा २ गोली लागेको बताइएको छ । गोरु काट्ने ब्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अबरोध गर्न खोज्दा झापा गाउँपालिकामा आज साँझ झडप भएको थियो ।
झडपका क्रममा प्रहरीको गोली लागेर मिया घाइते भएका थिए । झापा गाउँपालिकाको वडा नं ३ कामाटोली बजारमा गोरु काट्दै गरेको अबस्थामा दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका ३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् । आज दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियोे । पक्राउ परेकाहरुलाई लान नदिनका लागि मुस्लिमहरुको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो । त्यसक्रममा झडप भएको हो । झडपका क्रममा प्रहरीले १०(१२ राउण्ड हवाइ फायर गरेको जनाइएको छ । गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए । झडपमा जनपदका प्रहरी निरीक्षक सन्जीव बोगटी र सशस्त्र प्रहरीका राजन खड्का घाइते भएको जनाइएको छ ।घाइते सशस्त्र प्रहरीका खड्कालाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्