कुमरखोद , भदौ ११ । आफ्ना माग पूरा नभएसम्म रफिकुल आलमका परिवारले लाश नउठाउने भएका छन् ।

हिजो साँझ झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा प्रहरीको गोली लागी मृत्यु भएका ३८ वर्षिय आलमका परिवारले आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने , गोली चलाउने प्रहरीलाई कार्वाही गर्नु पर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका माग राखेका हुन् । उनीहरुले अहिलेसम्म लाशलाई उठाएका छैनन् । गोली लागेर घाइते भएका आलमलाई उपचारका लागि हिजो साँझ बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । आलमको लाश त्यही रहेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर आलमको मृत्यु भएको हो । उनको कम्मरमा दुई गोली लागेको थियो । यसैबीच मृतक परिवारका मागका बिषयमा कामाटोलीमा छलफल शुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी , अन्य जनप्रतिनिधि , पार्टी प्रतिनिधि , मुतक परिवार, मुस्लिम समुदायका अगुवलगायतको सहभागिता रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका थिए । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्