झापा भदौ, १२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बन्द रहेको प्रदेश –१ सरकारले सिकाई सञ्चालनको तयारी शुरु गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग संवन्धित व्यक्तिसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन दिए ।


मन्त्री घिमिरेको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव संकलन गरेको छ । मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने जनाएको छ । मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने मन्त्री घिमिरले बताए ।


सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालयसमक्ष पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ ।

मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । उसले जोर विजोर विद्यार्थी (रोल नम्वरका आधारमा), प्रणालीबाट कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्