कमल , भदौ १२ । समुदायका एकजनाको ज्यान गएको कोरोना भाइरसको संक्रमणबाट झापाको कमल गाउँपालिका असुरक्षित बनेको छ ।

अन्त्येष्टिको तयारी

शुक्रबार विहान कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कमल गाउँपालिका–३का ८३ बर्षिय वृद्धको मृत्यु भएको हो । मृत्यु भएका ती वृद्धको अन्त्येष्टि कमल –३ मा पर्ने रतुवामाई वृक्षारोपणस्थित लाओरबोटेमा गरिएको छ ।
शवको अन्त्येष्टि नयाँ श्रीनाथ गण चारआलीको सेनाको शव व्यवस्थापन टोलीले गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई ९ दिनअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो । झापामा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।
यसअघि कोरोना संक्रमणका कारण दमक नगरपालिका— १ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको थियोे । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ती वृद्धलाई बीएण्डसी हस्पिटल बिर्तामोडले रेफर गरेर वीपी पठाएको थियो । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए ।
मृतकको मिर्गाैलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । मृत्यु भएका ती बृद्धको टोलभरि संक्रमण फैलिसकेको छ । आसपासकै १५ जनामा संक्रमण देखिइसकेको छ। त्यसमध्ये शुक्रबार ५ वर्षका एक बालक , दुई महिला र ६ पुरुष गरी ९ जनालाई पुष्टि भएको हो । मृतकको परिवारमा तीन जना संक्रमित छन् । मृतकका नातिलाई शुक्रबार नै संक्रमण पुष्टि भएको हो ।यसअघि नातिनीलाई संक्रमण देखिएको थियो । उनको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै सोही केर्खा बजारका संक्रमण देखिएका ५६ वर्षिय मोबाइल पसल संचालकका परिवारका अन्य तीन सदस्यलाई शुक्रबार नै संक्रमण पुष्टि भएको छ । ती संक्रमितका छोरा , आमा र सालोलाई संक्रमण देखिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताइन् । गाउँपालिकाले समुदायमा संक्रमण रोक्नका लागि भदौ ६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यसका बावजुद आवतजावत नरोकिएकाले कफर््यू नै लगाउनु पर्ने खाँचो देखिएको अध्यक्ष काफ्लेले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्