कुमरखोद , भदौ १६ । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयलाई लिएर झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोलीवाट मृत्यु भएका रफिकुल आलमको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ ।

स्थानीय तहमा छलफल नमिलेपछि जिल्ला प्रशासन कार्यालय भद्रपुर झापामा राहत प्रदान गर्नेलगायतका ७ वुँदे सहमति भएको थियोे ।
झापा गाउँपालिकाले मृतक ३८ बर्षिय आलमको परिवारलाई नगद ५८ हजार सहयोग गरेको हो । । आलम एक सामान्य आर्थिक अवस्था परिवारका ब्यक्ति रहेका थिए । आलमले मजदुरी गरेर आफ्नो घर परिवार चलाएका थिए । आलमका दुई छोरा , तीन छोरी र श्रीमती रहेका छन् । आर्थिक अवस्था कमजोर भएका आलमको परिवारमा जेठी छोरीको विवाह स्थानिय मुस्लिम अगुवाहरुले गरिदिने भएका छन् ।
आजको हस्तान्तरण कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी , वडा अध्यक्ष मोतीलाल गणेश , अन्य जनप्रतिनिधि, राजनैतिक दलका रुद्र बजगाई , देवी अधिकारी , मुस्लिम अगुवा ताहिर अली , समसाद आलम , उजाल अलि , अब्दुल हाकिम वासेद अलीलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्