झापा भदौ, १७ । झापाको शिवसताक्षी नगरपालिका –११ सतासीधाम जाने बाटोमा एक युवा मृत फेला परेका हुन् । शिवसताक्षी मैनाचुलीका गोमनसिंह मगर बुधबार १० बजे मृत फेला परेका हुन् ।
२८ वर्षिय मगर मंगलबारदेखि वेपता थिए ।

बुधबार रतुवामाई वृक्षारोपणका वन रक्षकले देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । मगरको घाँटी तथा शरीरको विभिन्न भागमा चोट रहेको छ । मगरको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्