बिर्तामोड भदौ, १७ । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले एतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि अटोरिक्सा चालकको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ ।

नगरपालिकाले एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताए । ‘टेम्पो चालकहरु धेरै जोखिममा छन् । यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौँ’ उनले भने ।

यता बिर्तामोडमा रहेका क्वारेन्टिनबाट दिइने सेवा पर्याप्त मात्रामा दिइएको छ । जसकारण बिर्तामोड अन्य पालिकाको तुलनामा केही सुरक्षित रहेको नगरप्रमुख शिबाकोटी बताउँछन् । उनले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्