झापा , भदौ १८ । समुदायका ७ सहित आज झापामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा कमल गाउँपालिकाका ३ महिला र ३ पुरुष , बिर्तामोड नगरपालिकाका एक महिला र दुई पुरुष , मेचीनगर नगरपालिकाका ३ पुरुष , हल्दिबारी गाउँपालिकाकी एक महिला र गौरीगञ्ज गाउँपालिकाका एक पुरुष रहेका छन् । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको कमल ३ मा समुदायका थप ६ जनामा संक्रमण देखिएको हो । यसअघि बुहारीलाई संक्रमण देखिएको परिवारमा बाबु ,आमा र छोरालाई आज संक्रमण पुष्टि भएको छ । त्यस्तै यसअघि बाबुलाई संक्रमण देखा परेको घरमा आमा र छोरीलाई समेत संक्रमण भेटेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । योसँगै कमलमा संक्रमितको सँख्या ३१ पुगेको छ । त्यसमध्ये २६ जना समुदायका रहेका छन् । त्यस्तै उपचारका लागि भरतपुर क्यान्सर हस्पिटल चितवन गएका बिर्तामोड ६ का एकै परिवारका दुईजनामा संक्रमण देखिएको छ । आमालाई उपचार गर्न गएका दुई छोराछोरीलाई संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनीहरु भरतपुरबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । भारतबाट फर्केका बिर्तामोड ५ का एक पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको खड्काले बताए । त्यस्तै हल्दिबारी ५ की एक महिलालाई पनि कोरोना देखिएको छ । उनी भरतपुर क्यान्सर हस्पिटल उपचारका लागि जाँदा त्यही नै संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । त्यसैगरी भारतबाट फर्केका मेचीनगर ६ का तीन र गौरीगञ्ज २ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्