कुमरखोद ,भदौ १७ । झापा गाउँपालिकाले कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिनका लागि ७ दिनको लागि आंशिक लकडाउन थप गर्ने निर्णय गरेको छ ।

बुधवार झापा गाउँपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा भदौ १७ गतेदेखि २४ गतेसम्म हाट वजार बन्द गर्ने निर्णय भएको झापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन निरौलाले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको बैठकले ७ दिनको लागि आंशिक लकडाउन थप गर्ने निर्णय गरेको हो । आंशिक लकडाउन अवधिमा झापा गाउँपालिकाभरिका सबै बजारहरुमा भीडभाड हुने पसलेहरुको पिसिआर चेकजाँच र गाउँका केही पसलहरुका संचालकहरुको पिसिआर चेकजाँच गर्ने अध्यक्ष शाहले जानकारी दिए । लकडाउनको समयमा सवै प्रकारका पसलहरु विहानदेखि दिउँसो १२ वजेसम्म खुल्ला रहनेछ भने औषधि पसल दिनभरि खुल्ला रहनेछ । सरकारी कार्यालय , बैंक तथा वित्तीय सस्थाको हकमा भने दिउँसो १ वजेसम्म मात्र खुल्ला रहनेछ । झापा गाउँपालिकाले आफ्ना मातहतका वडा कार्यालयहरुलाई २ वजेसम्म सेवा दिन निर्देशन दिएको छ भने झापा गाउँपालिकाको कार्यालय ५ वजेसम्म खुल्ला रहने जानकारी गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्