झापा,भदौ १८ । नेपाल किसान संघ झापाले सरकारको लाचारीपनको कडा शब्दमा भर्त्सना गरेको छ ।

मल लिने किसानको भीड

सरकारी निकायहरु धान पाक्ने बेलासम्म रासायनिक मलको प्रबन्ध गर्नबाट चुकिरहेको भन्दै किसान संघले बेला बितिसकेपछि बंगलादेशबाट मल पैंचोमा ल्याउने कुरा लाजमर्दो भएको बताएको छ । ‘सरकार कति गम्भीर छ भन्ने यसैबाट स्पष्ट अनुमान गर्न सकिन्छ ’ संघले प्रेस विज्ञप्ति जारी गरी भनेछ , ‘ नेपाली किसानहरु महामारीका कारण पेशा असुरक्षित भएर झनै मारमा परेको हुँदा न सरकारले रोगबाट सुरक्षित राख्न सक्यो न मुख्य पेशा कृषि भएका किसानलाई जिविकोपार्जन गर्न मद्दत ग¥यो ।’ संघका अध्यक्ष राजेन्द्र भट्टराई र सचिव मेदनीप्रसाद सिटौलाले विज्ञप्ति जारी गरी बिदेशबाट तरकारी, फलफुल, माछा र खाद्यान्न रातारात मिलेमतोमा भित्र्याउने र नेपाली किसानहरुले मेहनत पसिनाले उब्जाएको सागसब्जी, फलफुल, खाद्यान्न बजारसम्म पुग्न बिभिन्न बहानामा नदिएर खेतबारीमा नै सड्ने अवस्था सृजना हुनु नेपाल र नेपालीका लागी दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्