भद्रपुर, भदौ १८ । झापाको भद्रपुरमा आज वृक्षरोपण गरिएको छ । भद्रपुर ५ मेची नदीको किनार र भद्रपुर ८ को चन्द्रगढी एयरपोर्टमा वृक्षरोपण गरिएको हो ।

मेची किनार र चन्द्रगढी एयरपोर्टमा गुलमोहर र राजवृक्ष जातका ३सय ५० बिरुवा रोपिएको हो । रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक क्लव अफ भद्रपुरको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको प्रेसिडेन्ट नोमोनि विगत ओझाले जानकारी दिए । भद्रपुरको वडा न ५ का वडाध्यक्ष वन्धु कार्कीको प्रमुख आतिथ्यतामा संक्षिप्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य रोट्रयाक अध्यक्ष गिरीस शाक्यले राखेका थिए । दुवै कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्