कुमरखोद , भदौ १९ । नेपाली काँग्रेस झापा गाउँपालिकाको वडा नं ६ समितिको आयोजनामा शरणामती बजारमा आयोजित कार्यक्रममा १ सय २८ जनाले रक्तदान गरेका छन् ।

नेपाली काँग्रेस वडा समिति शरणामतीले जननायक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा सो वृहत रक्तदान कार्यक्रम गरेको हो ।
नेपाली काँग्रेस वडा कार्य समिति ६ नं का सभापति मोहनप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य देउमान थेवे , विशिष्ट अतिथिहरु क्षेत्रीय सभापति जयनारायण शाह , नेपाल रेडक्रस सोसाइटी प्रदेश नं १ कोषाध्यक्ष ओमप्रकाश गौतम , अतिथिहरु पर्शुराम ढुङ्गाना , शिव कँडेल, जगन्नाथ राजवंशी , अन्जु थपलिया , सुन्दरलाल गणेश, वसुन्धरा थपलिया , सन्तोष नेपाल शहरमान कटुवाल , राजकुमार यादव , देवेन्द्रचन्द्र सिंह राजवंशी , काजी क्षेत्रीलगायत रहेका थिए ।
जगन्नाथ राजवंशीले स्वागत मन्तव्य गरेको कार्यक्रममा शुभकामना मन्तव्य वडा नं ६ का अध्यक्ष हरि वानिया , ओमप्रकाश गौतमलगायतले राखेका थिए । कार्यक्रमको संचालन रोहित पोद्धारले गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रसले गरेको थियोे

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्