झिलझिले भदौ, १९ । झिलझिले हत्या प्रकरणका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गोमनसिंह मगर हत्या प्रकरणका आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।


हत्या प्रकरणमा संलग्न मगरका हित्तैषी साथी रहेको स्रोतले जनाएको छ । आरोपी शिवसताक्षी नगरपालिकाकै बासिन्दा रहेको जनाइएको छ । हत्या गर्न प्रयोग गरिएको हतियार र मृतकको मोबाइलसमेत प्रहरीले फेला पारेको स्रोतले जनाएको छ ।घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय दमक, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी इकाई कार्यालय विराटनगरले गरेका हुन् ।

आरोपीलाई शनिबार विहान ९ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षी –११ का २८ बर्षिय मगरको हत्या रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रमा बुधबार बेलुका भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्