झापा , भदौ १९ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।
राष्ट्रियसभाको एक रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको सांसद बन्ने बाटो बन्द भएको छ । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वतः सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर सांसद नै ६ महिनासम्म मन्त्री बनेका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्