बिर्तामोड , भदौ २० । उमेर हदका कारण अनिवार्य अवकाश पाएका बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडालाई आज वडा कार्यालयहरुले विदाइ गरेका छन् ।

वडा नं ३ को विदाइ

बिर्तामोड नगरपालिकाको ३ र ६ नं वडा कार्यालयले सेवा निवृत प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई विदाइ गरेका हुन् । आज विहान प्रहरी चौकी अनारमनीमा बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा एकदर्जनबढी संघसंस्थाहरुले मायाको चिनोसहित विदाइ गरेका हुन् । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवं ३ नं वडाध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालयसँगै मेची आँखा अस्पताल , अनारमनी पब्लिक क्याम्पस, महेन्द्र रत्न मावि , बिर्ताबजार बजार व्यवस्थापन समिति , प्रहरी चौकी बिर्ताबजार , अनारमनी स्वास्थ्य चौकी व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड , अनारमनी सोसियल क्लब , एमकेके ग्रुप, नेकपा ३ नं वडा कमिटी, सैनिकमोड व्यवसायी संघ, बुद्धनगर टोल विकास संस्था , विराटपोखर टोल विकास संस्था , पंचकन्या टोल विकास संस्था , अनारमनी टोल विकास संस्था , त्रिवेणी टोल विकास संस्था , बिर्ताबजार टोल विकास संस्था , सूर्यनगर टोल विकास सस्था , नवदुर्गा टोल विकास सस्था , भगवान टोल विकास संस्था र आदर्शटोल टोल विकास संस्थाले मायाको चिनोसहित विदाइ गरेका थिए । अनारमनी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख मोहन शिवाकोटीले स्वागत गरेको कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटोलाले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन वडा सचिव भीम अधिकारीले गरेका थिए ।

वडा नं ६ को विदाइ

त्यस्तै बिर्तामोड ६ नं वडा कार्यालयले पनि विदाइ कार्यक्रम गरेको छ । वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको अध्यक्षता एवं पूर्वजनप्रतिनिधि लोकबन्धु कन्दङवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी रामकुमार कन्दङवा , जगतकुमार राईले खतिवडाले पुर्याएको योगदानको चर्चा गरेका थिए । वडा सदस्य पवित्रा ढुंगानाले स्वागत गरेको कार्यक्रमको संचालन कर्मचारी राम विष्टले गरेका थिए । दुवै कार्यक्रममा नगरपालिकाका सेवा निवृत कर्मचारी राजेन्द्रप्रसाद पौडेललाई पनि विदाइ गरिएको थियो । आजै वडा नं ५ ले पनि खतिवडाको विदाइ कार्यक्रम राखेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्