झापा , भदौ २२ । झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाष श्रेष्ठ उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसहित १० जनालाई पुरस्कृत गर्न लागिएको हो । सुनसरी इटहरी निवासी श्रेष्ठले १२ वर्षअघि निजामति सेवामा प्रवेश गरेका थिए । उत्कृष्ट पुरस्कार पाउने अन्यहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धनबहादुर लामा छन् । त्यस्तै निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ। निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराजा अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन्। यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्ने भएका छन्। सर्वोकृष्ट पुरस्कार पाउने भने कोही पनि छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्