दमक, भदौ २२ । दमक ५ प्रगति टोल बस्दै आएकी मिर्गाैलापीडित पदमकुमारी वेघा मेन्याङवोको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन् ।

दुई बर्षदेखि ५९ बर्षिया बेघाको दुवै मिर्गौलाले काम गर्न छाडेको र पछि सुगर, थाइराईड,प्रेसरजस्ता रोगले थलिएकीले उनको उपचारका लागि पीडित परिवारले सवैसंग याचना गरेका हुन् ।
विरामीकी श्रीमान् बुद्धराज मेयाङ्बोले श्रीमतीको उपचारका लागि आफनो जायजेथा सवै सकिएको र अब उपचार खर्च धान्न सक्ने स्थिति नभएकाले सहयोगका लागि सवैसंग गुहार माग्दै आएको बताए । डाक्टरले विरामीलाई बचाउन अब नियमित डाइलोसिस गर्नुपर्ने वा मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि पीडित परिवारले सबैसंग सहयोगको याचना गर्दै आएका छन् ।
यसैवीच विरामीको उपचारका लागि इच्छुकले एनआइसी एशिया बैकको बचत खाता नम्बर २७८७९५५०२७९५२४०१ अथवा एनएमबी बैकको खाता नम्बर ००१०१२६८३९९०००१० मा समेत सोझै जम्मा गर्न सकिने छ । त्यस्तै ,विरामीका पविारसंग समेत ९८१५०१७४६०। ९८१५०००५६१ मा समेत सम्पर्क गर्न सकिने पीडित परिवारले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्