बिर्तामोड, भदौ २४ । वीरता जेसीजको आयोजनामा आज बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी झापाको आह्वानमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम गरिएको वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलले बताए । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५महिला र ५० पुरुष गरी ५५ जनाले रक्तदान गरेको अध्यक्ष पोखरेलले बताए । वीरता जेसीजका अध्यक्ष पोखरेलको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रभात मास्केले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले रगतको अभावको बेला वीरता जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट धेरै विरामीको जीवन बचाउन टेवा पुगेको बताए ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले रगत अभावका बेला मानव सेवाका लागि वीरता जेसीजले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७२औं पटक र वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाईंले ७० औं पटक रक्तदान गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापा ,वीरता जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका गोवेन धिमाल , रोट्रयाक क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट प्रभास थापामगर , समाजसेवी विवेककेशरी प्रसाईंलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्