दमक, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाउँपालिकामा संगठन विस्तार तीव्र बनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा भेला गरी वडा समितिसहित प्रतिनिधि चयन गरेको छ ।

भेलाले खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय पार्टीको वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा अम्बरबहादुर कार्की,मिनबहादुर भण्डारी, सचिवमा डिल्ली उप्रेती,सहसचिव जानुका बुढाथोकी विष्ट र कोषाध्यक्षमा विमला नेपाल चुनिएका छन् । यस्तै सदस्यहरुमा सन्तोष कुइकेल,मुक्ति गौतम,तुलाराम कार्की,उर्मिला पोखेल,शरण भारती,बृखबहादुर दर्जी,प्रेमबहादुर लामिछाने,खेम भट्टराई र भानुभक्त नेपाल रहेका छन् ।
यस्तै भेलाले भक्ति नेपाल ,दिपक खरेल,सन्तकुमार राई,कुमार भण्डारी,युवराज खड्का,डुकमाया निरौला,विरेन्द्रकुमार सुव्वा र घनश्याम बस्नेतलाई प्रतिनिधि चयन गरेको छ । यसैगरी महिला प्रतिनिधितर्फ तारा बस्नेत, सरिता नेपाली र दिपा पाठक चयन भएको पार्टीले जनाएको छ ।
सोही भेलाले युवक प्रतिनिधितर्फ सञ्जय कुमाल,नविन लामिछाने,भीम काकी, ललित श्रेष्ठलाई चयन गरेको छ ।
संगठन सुदृढीकरणअन्तर्गत कमलको वडा नम्बर ६ मा भदौ २७ , वडा नम्बर ७ मा ३१ गते ,वडा नम्बर २ मा असोज ३ गते र वडा नं १ मा असोज ७ गते भेला गरी अधिवेशन सम्पन्न गरिने पार्टीको कमल गाउँ परिचालन समितिका संयोजक दिपक खरेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्