बिर्तामोड, भदौ २४ । देशभरि कोरोना संक्रमित बढ्दै गएको बेला झापामा जनस्तरबाट स्थापना गरिएको पिसिआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट पहिलो पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ ।
सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा सहयोग प्राप्त भएपछि कनकाई नगरपालिकाको समर्पण भवनमा प्रयोगशाला स्थापना गरिएकोमा प्रक्रिया पुर्याएर चाँडै सञ्चालनमा ल्याइने अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिएका छन् ।
शिक्षा सहकारीले आफ्नो प्रतिबद्धताअनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार अभियानका सहसंयोजक बस्नेत र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दिपेश द्यौरालीले चेक हस्तान्तरण गरेका थिए । प्रयोगशालाका लागि झापाका सहकारीहरुकको तर्फबाट २५ लाख रुपैयाँ प्रतिबद्धता जनाएकोमा अब थोरै रकम मात्र जम्मा हुन बाँकी रहेको संघका अध्यक्ष ढकालले बताए ।
प्रयोगशालाका लागि जनस्तरबाट झण्डै एक करोड रुपैयाँ संकलन भएको अभियानका संयोजक सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्